२०८२ असार १, आइतवार , ११:४१:१० बजे

Sajhamanch
'

थाइल्यान्डका लागि नेपाली राजदूत ओलीले लिए शपथ

बिहिवार, पौष १२, २०८०

काठमाडौं । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वलीलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपतिले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।