२०८१ फागुन १४, बुधवार , १२:०७:५३ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप महिला ट्वान्टी २० : कोसीले सुदूरपश्चिमलाई हरायो

बिहिवार, पौष १२, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० क्रिकेट प्रतियोगितामा कोसी प्रदेशले सुदूरपश्चिमलाई हराएको छ । कोसी प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटबाट हराएको हो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रन बनाएको थियो। जवाफमा कोसीले १७ दशमलब ४ ओभरमा २ विकेट गुमाउँदै विजयी लक्ष्य पुरा गर्यो।

सुदूरपश्चिमको पालोमा बिन्दु रावलले सर्वाधिक ३३ रन बनाएकी थिइन्।उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरेकी हुन । त्यसैगरी सम्झना खड्काले २७ रन , कविता जोशीले २६ तथा रेवती धामीले २० रन बनाएका थिए।

कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एकरएक विकेट लिएका थिए।कोसीका लागि काजोल श्रेष्ठले ५४ तथा रुवीना क्षेत्रीले ५१ रन बनाए । सुदुरपश्चिमकी विमला महेलाले २ विकेट लिइन।

सम्बन्धित खबर