२०८२ भदौ २८, शनिवार , ०३:५०:४७ बजे

Sajhamanch
'

आगोले जलेर चार महिने शिशुको मृत्यु

बिहिवार, पौष १२, २०८०

दार्चुला । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो।

विद्युत् चुहावट भएर टमटाको घरमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। प्रहरी र स्थानीयले आगो निभाएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर