२०८१ कार्तिक २, शुक्रवार , ०५:३६:३३ बजे

Sajhamanch
'

विराटनगरमा स्रोत नखुलेको १९ लाख ९० हजार नगदरसहित एकजना पक्राउ

बिहिवार, पौष १२, २०८०

विराटनगर । विराटनगरमा स्रोत नखुलेको १९ लाख ९० हजार नगदसहित एकजना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–६, केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिबाट श्रोत नखुलेको नेपाली नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अपरेसन गर्ने क्रममा साहलाई विराटनगरको केशलिया मार्गबाट पक्राउ गरिएको डीएसपी रञ्जनकुमार दाहालले बताए ।

पक्राउ परेका साहलाई बरामद गरिएको नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाएको दाहालले बताए ।

यसअघि हुन्डीसम्बन्धी कारोबार गर्ने एक १६ वर्षीय बालक, विराटनगर–१५, सुडी बस्ती बस्ने धर्मानन्द साह र विराटनगर–१५ बस्ने रंजितकुमार साहलाई पक्राउ गरी राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको डीएसपी दाहालले बताए ।

सम्बन्धित खबर