२०८२ असार ३, मङ्गलवार , ०८:१०:१९ बजे

Sajhamanch
'

मोटरसाइकल ठोक्किएको बसमा स्थानीयले लगाए आगो

सोमवार, पौष ९, २०८०

काठमाडौ । बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको विरोधमा स्थानीयले बसमा आगजनी गरेका हुन्।

काठमाडौँबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले केहीबेर अघि आगजनी गरेका हुन्।

बसले आज बिहान विपरित दिशाबाट आइरहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खोटाङ दिक्तेल नगरपालिका १० बस्ने १८ वर्षीया मुनाकला राई र तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको मृत्यु भएको हो।

सम्बन्धित खबर