२०८१ माघ १४, सोमवार , ०४:२१:०१ बजे

Sajhamanch
'

आरती साहका श्रीमान् मोतीबावु पक्राउ

सोमवार, पौष ९, २०८०

काठमाडौं । प्रहरीले आरती साहका श्रीमान् मोतीबावुलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशसँगै उनी पक्राउ परेका हुन् । यसअघि पक्राउ परेका उनी उच्च अदालत जनकपुरको आदेशपछि छुटेका थिए । मोतीबाबुलाई मंसिर २० गते सर्वोच्च अदालतले पुनः पक्राउ गरेर थुनामा राख्न आदेश गरेको थियो ।

सोही आदेश कार्यान्वयका लागि उनलाई जनकपुर प्रहरीले पक्राउ गरेको हो । जेठ ७ मा श्रीमती आरती साह घरमै मृत फेला परेकी थिइन् ।

तर, माइती पक्षले भने आरतीको मृत्यु मोतीबावुको कुटपिटका कारण भएको भन्दै धनुषा प्रहरीमा मोतीबावु र उनका बुवा मदनमोहन सुडीबिरुद्ध जाहेरी दिएको थियो । सोही जाहेरीपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाले उनीहरुलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, पछि उच्च अदालतले भने बाबुछोरालाई नै छोड्ने आदेश दिएको थियो ।

अदालतको उक्त आदेशपछि आरतीका आमाबुवा काठमाडौंको माइतीघरमा महिनौं धर्नामा बसेका थिए । सोही प्रकरणमा प्रहरीको अनुसन्धान सन्तोषजनक नरहेको भन्दै धनुषाका तल्कालीन प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि कारबाहीको माग गरेका थिए ।

सम्बन्धित खबर