
काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेश हेटौंडाले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ ।नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो ।