२०८१ पौष २६, शुक्रवार , १०:१५:४८ बजे

Sajhamanch
'

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानको अनुकरणीय काम, कन्काई माविका ५० विद्यार्थीलाई न्यानो कपडा वितरण

आइतवार, पौष ८, २०८०

शिवसताक्षी । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कन्काई माध्यमिक विद्यालयका छात्र छात्राहरुलाई न्यानो कपडा वितरण गरेको छ । कन्काई नगरपालिका स्थित कनकाई माविका कक्षा १ गतेदेखि १० कक्षा सम्मका विपन्न परिवारका ५० जना छात्र छात्राहरुलाई स्वीटर तथा जुत्ता वितरण गरेको हो ।

उक्त न्यानो कपडा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी लगायत ओली परिवारले वितरण गरेका हुन् ।
सामाजिक सेवामा गर्ने उद्देश्यले स्थापित रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले आजसम्म आइपुग्दा भुकम्प, बाढी पैरौ, डुवान र विपन्न परिवारहरुलाई सहयोग गर्दै आएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । ओली परिवारले २०६७ सालमा एक करोड जम्मा गरेर प्रतिष्ठान स्थापना गरी पिताजीको सपना पुरा गर्दै आएको अध्यक्ष ओलीले बताए ।

कार्यक्रममा नगर उपप्रमुख आशा शिवाकोटीले आफ्नो नगरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको प्रतिष्ठानलाई धन्यवाद दिएकी थिइन् । उनले आफ्ना माता पिताका नाममा प्रतिष्ठान सञ्चालन गरी समाजमा रहेका गरिबीका रेखा मुनी रहेका विपन्न परिवार र उनका छोरा छोरीहरुको अध्ययनलाई मध्यनजर राख्दै न्यानो कपडा वितरण गरेर अत्यन्तै सरानीय गरेको बताइन् ।

न्यानो कनकाई माविमा ४५ हजार बराबरको न्यानो कपडा वितरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष यज्ञराज ओलीले जानकारी दिए। उनका अनुसार विद्यालयले कक्षा १ देखि १० सम्मका विपन्न परिवारका छात्र छात्राहरुको छनोट गरेको थियो ।
यस अघि प्रतिष्ठानले भगवती माध्यमिक विद्यालय व्याङ्गडाँडाका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।
कनकाई माध्यमिक विद्यायलका प्रधानाध्यापक कर्णबहादुर डाँडीको अध्यक्षतामा भएको कार्यक्रममा , साहित्यकार कमलप्रसाद पोख्रेल, वडाध्यक्ष युवराज चम्लागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर