
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको हो।
कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन्। उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन्।
त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन्। उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन्। सबनम राईले अविजित १६ रन जोडिन्। उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन्।
त्यसैगरी लकिता राजवंशीले ६ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन्। बलिङतर्फ मधेस प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन्। मधेस प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।