२०८२ असार ४, बुधवार , ०३:१५:०१ बजे

Sajhamanch
'

प्रहरी नायब निरीक्षक आफ्नै घरमा मृत भेटिए

आइतवार, पौष ८, २०८०

भक्तपुर । भक्तपुरमा एकजना प्रहरी निरिक्षक आफ्नै घरमा मृत भेटिएका छन्। सूर्यविनायक नगरपालिका वडा नं.८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय घिमिरे मृत अवस्थामा भेटिएका हुन्।

प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाडौ दरबन्दी भई कार्यरत रहेका प्रहरी नायव निरीक्षक उपाध्याय घिमिरे आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको परिसरले जनाएको छ। घटनाबारेमा अनुसन्धान सुरु भएको छ।

सम्बन्धित खबर