२०८२ असार ४, बुधवार , ०२:५९:०० बजे

Sajhamanch
'

गौशाला नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी

आइतवार, पौष ८, २०८०

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ ।

गौशाला नगरपालिका–१, रामनगरस्थित निवासअगाडि पार्किङ गरेर राखिएको गाडीमा गएराति २ः४५ बजे आगजनी भएको उपमेयर रेनुकुमारी महतोले जानकारी दिइन् ।

उपमेयर महतो चढ्ने मधेस प्रदेश २–००२–०००१ झ ०००५ नम्बरकोे गाडीमा आगजनी भएको हो ।

“राति अज्ञात व्यक्तिले गाडीमा पेट्रोल छर्केर आगो लगाएका थिए । घरपरिवार र स्थानीयले समयमै थाहा पाएपछि क्षति हुनबाट जोगियो,” महतोले बताइन् ।

आगजनीबाट गाडीको देब्रे छेउको अगाडि र पछाडिको टायरमा क्षति पुगेको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर