२०८१ फागुन १४, बुधवार , ०१:१८:३९ बजे

Sajhamanch
'

कोसी र गण्डकी प्रदेश विजयी

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश र गण्डकी प्रदेशले जित निकालेका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोसीले वाग्मती प्रदेशलाई आठ विकेटले हरायो । वाग्मतीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य कोसीले १८.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको कोसी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंकको वाग्मती पाँचौँ स्थानमा छ ।

शुक्रबारै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशविरुद्ध ४४ रनको जित दर्ता गर्‍यो । गण्डकीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रन मात्र जोड्न सक्यो ।

प्रतियोगितामा पहिलो जित निकालेको गण्डकी दुई खेलबाट दुई अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन कर्णाली पुछारमा छ ।

बिहीबारदेखि सुरु प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । ‘राउन्ड रोबिन लिग’ पद्धतिमा सञ्चालित प्रतियोगिताका शीर्ष चार टिम प्लेअफमा प्रवेश गर्नेछन् ।

सम्बन्धित खबर