काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार पोखरा थन्डर्स र धनगढी एफसीबीच खेल हुँदैछ । यो अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल हुनेछ । दशरथ रंगशालमा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो यसपल्टको ३३ र समग्रमा ५८ औं खेल हुनेछ ।
२. यो खेलको नतिजाले लिग चरणको समाप्तीमा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम निश्चित गर्नेछ ।
३. पोखरासामु यो खेल जितेर पहिलो स्थान कब्जा गर्ने अवसर हुनेछ । पोखराले कम्तीमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । पोखरा प्ले अफका लागि छनोट हुने पहिलो टिम हो ।
४. पोखराको सात खेलबाट चार जित, दुई बराबरी र एक हारसहित १४ अंक रहेको छ । पोखराले चितवन एफसीलाई १–०, स्पोर्टिङ इलामलाई १–०, वीरगञ्ज युनाइटेडलाई २–१ र बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएको थियो । यस्तै उसले ललितपुर एफसीसँग गोलरहित र झापा एफसीसँग १–१ को बराबरी खेलेको थियो । उसको एक मात्र हार काठमाडौं रेजर्सविरुद्ध २–१ रहेको छ ।
५. पोखरा प्रतियोगिताकै इतिहासमा पहिलो पल्ट लगातार तेस्रो जितको उद्देश्यमा हुनेछ ।
६. धनगढीको सात खेलबाट १२ अंक छ र प्ले अफमा छनोट हुने दोस्रो टिम रहेको छ । आफ्नो अन्तिम खेल जितेर धनगढीले शीर्षमा उक्लने र पहिलो क्वालिफायर खेल्ने अवसर बनाउन सक्छ ।
७. धनगढीसँग तीन जित, तीन बराबरी र एक हार रहेको छ । उसले वीरगञ्जलाई २–१, बुटवल लुम्बिनीलाई १–० र चितवनलाई १–० हराएको थियो । ललितपुरसँग गोलरहित, यलामसँग २–१ र काठमाडौंसँग १–१ को बराबरी खेलको धनगढी झापासँग भने २–० ले पराजित भएको थियो । उसले पछिल्ला दुई खेलबाट एकै अंक मात्र बटुलेको छ ।
८. दुई टिमबीच अहिलेसम्म एकै खेलमा भएको छ । वर्ष ०७८ को पहिलो संस्करणमा धनगढीले पोखरालाई १–० ले हराएको थियो र त्यसमा दर्शन गुरुङले ६८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।