२०८२ साउन ६, मङ्गलवार , १२:२२:१९ बजे

Sajhamanch
'

नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्छुस् प्रधानमन्त्री दाहाल

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्ने बताएका छन्।

शुक्रवार बिहान सुनसरीको भोक्राहा नरसिंहस्थित इनरुवा सबस्टेशनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन।

‘एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिएर क्रम भङ्ग गर्दैछु’, प्रधानमन्त्री दाहालले भने।

उनले देशमा निराशाकै खेती गर्ने र त्यसको मात्र चर्चा चलिरहेका बेला विद्यूत सबस्टेशनको सञ्चालन विद्यूत विस्तार र आपूर्तिमा नयाँ आशा जगाएको र रक्त सञ्चारको प्रभाव भएको पनि बताए।

‘हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौं’, प्रधानमन्त्री दाहालले भने।

उनले एकरडेढ वर्ष भित्रमा नेपालमा सम्पूर्ण रूपले उज्यालो हुने दाबी पनि गरे। ‘अहिले विद्यूत ९८ प्रतिशत जनतामा पुगेको छ। एक डेढ वर्ष पनि शतप्रतिशतमा पुर्‍याउने लक्ष्य लिएका छौं’, प्रधानमन्त्री दाहालले भने।

सम्बन्धित खबर