२०८२ असार ४, बुधवार , ०८:१०:४१ बजे

Sajhamanch
'

पोखराबाट उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि …

बिहिवार, पौष ५, २०८०

काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ ।

अहिले बिहान ९ बजे पोखराबाट काठमाडौंका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी ढोका खुलेको थियो ।

इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको स्रोतले जानकारी दियो ।

‘खुट्टाले लागेर ढोका खुलेको’ भन्ने जवाफ आएको छ । उडान नम्बर यूफोर६५२ कलसाइन रहेको उक्त जहाज पोखराबाट काठमाडौं उड्ने तयारीमा थियो ।

ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ ।

“काठमाडौंबाट इञ्जिनियर आएर चेकजाँच गरेपछिमात्रै उडाउने तयारी छ,” पोखरा विमानस्थल स्रोतले भन्यो ।

बुध्द एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार उडान नं ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् ।

“हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन्,” उनको भनाई छ, “यात्रुलाई अर्को जहाजबाट काठमाडौं ल्याउन लागिएको छ ।”

सम्बन्धित खबर