
बिर्तामोड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ९औं अधिवेशनबाट संघको अध्यक्षमा दोस्रो कार्यकालको लागि महेशलाल मेचे निर्वाचित भएका छन् ।
उनले आफ्ना प्रतिद्वन्दी पुन्यप्रसाद भट्टराईलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । मेचेले ३९ मत प्राप्त गर्दा प्रतिष्पर्धीे भट्टराईले ३६ मत प्राप्त गरे ।
निर्वाचन समितिका संयोजक दिपक सुबेदीले दिएको जानकारी अनुसार ११६ मतदाता रहेको संघमा ८८ मत खसेको थियो भने १३ मत बदर भएको थियो ।
अध्यक्ष बाहेका अन्य सबै पदमा सर्वसम्मत भएकोे थियो । जसको उपाध्यक्षमा दिनेशचन्द्र भट्टराई, डेनु मगर र भिम निरौला निर्वाचित भए ।
त्यसैगरी सचिवमा खगेन्द्र रिजाल, सहसचिवमा लक्ष्मी सापकोटा र कोषाध्यक्षमा दधिराम आचार्य निर्वाचित भएका निर्वाचित संयोजक सुवेदीले बताए ।
कार्यसमिति सदस्यहरुमा बिष्णु घिमिरे, रामकुमार गिरी, नारायण बराल र दौलत गिरी (रबिन) निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।