२०८२ असार ४, बुधवार , ०३:१६:४८ बजे

Sajhamanch
'

राष्ट्रपतिले गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

बुधवार, पौष ४, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्।

बुधबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन्।

संसदीय सुनुवाइ समितिले बुधबार नै ६ जना न्‍यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो।

सम्बन्धित खबर