२०८१ फागुन १४, बुधवार , ०२:०७:४७ बजे

Sajhamanch
'

नेपाल सुपर लिग : झापा र धनगढी भिड्दै

बुधवार, पौष ४, २०८०

काठमाडौं । नेपाल सुपर लिग फुटबलअन्तर्गत आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा धनगढी चौथो जितका लागि मैदान प्रवेश गर्नेछ । झापा दोस्रो जितको तयारीसहित मैदानमा उत्रिनेछ ।

लिगमा धनगढी १२ अंकका साथ दोस्रो स्थानमा छ । झापा एफसी सात अंकसहित पाँचौं स्थानमा छ ।

सम्बन्धित खबर