
काठमाडौं । धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार बेनिघाट रोराङ ९ लालटिन बजार नजिकै गएको सुख्खा पहिरोका कारण दुई तर्फी बाटो बन्द भएको छ ।
अहिले पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी गराएको छ ।