२०८२ असार ४, बुधवार , ०५:२२:३० बजे

Sajhamanch
'

गुल्मीमा १० दिनअघि हराएका बालक जंगलमा मृत भेटिए

सोमवार, पौष २, २०८०

गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेसहितको टोली घटनास्थलतर्फ गएको छ ।

बालकको घर नजिकै जंगल रहेको प्रहरीले जनाएको छ ।

बालक दृष्टिविहीन रहेका थिए ।

सम्बन्धित खबर