२०८२ असार ५, बिहिवार , ०२:०९:३४ बजे

Sajhamanch
'

तराईमा हुस्सुरकुहिरो, चिसोबाट बच्न सतर्क रहन आग्रह

सोमवार, पौष २, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ । देशभरको तापक्रम गिराबाट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पश्चिमी वायु कमजोर हुँदा आज देशका कुनै पनि प्रदेशमा वर्षा र हिमपातको भने सम्भावना छैन ।

सम्बन्धित खबर