शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम आयोजित गौ संरक्षणको महत्व विषयमा जिल्ला स्तरीय अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा बालनिकुञ्ज मावि शिवसताक्षी १०का छात्र झरेन्द्र मिश्र प्रथम भएका छन् ।
त्यस्तै दोस्रो स्थानमा नमुना अंग्रेजी मावि गौरादहका छात्र आयुष पोख्रेल र तेस्रो स्थानमा झापा मोडल दमकका छात्र प्रतिक खनाल र सान्तवनाका रुपमा सिग्मा अंग्रेजी स्कुल हल्दिबारीकी विमला ओली र विरेन्द्र मावि भद्रपुरकी छात्रा रिना घिमिरे रहेकी श्री सताक्षी गुरुकुलका प्राचार्य मदनमोहन अधिकारीले जानकारी दिए । उनीहरुले क्रममा १५ हजार, १० हजार, ५ हजार र सान्तवना पुरस्कार ३÷३ हजार प्राप्त गरेका छन् ।
उनीहरुलाई सनातन हिन्दुधर्म राष्ट्र नेपाल अभियानका संयोजक तथा गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वजले पुरस्कार राशी प्रदान गरेका थिए ।
गोरक्षा महोत्व २०८० को अवसरमा श्री सताक्षी गुरुकुलमले प्रत्येक वर्ष झै यस वर्ष पनि बक्तृत्वलाको आयोजना गरेको प्राचार्य अधिकारीले जानकारी दिए। बक्तृत्वकलामा झापाका ११ पालिका विद्यालयहरु सहभागी भएका थिए । बक्तृत्व कलामा सहभागी सबैलाई यातायत खर्च ५ सय प्रदान गरिएको बताइएको छ।
बक्तृत्वकलाको निर्णायकमा डडेलधुरा पूर्व क्याम्पस प्रमुख पदमराज जोसी, निर्वतमान जर्नेल नेपाली सेनाका भरत पाठक, विरेन्द्र मावि मोरङ्गका प्र.अ. पदमप्रसाद साकोटा र सोलुखुम्बुका गिरिधर ढुंगानाले सहजीकरण गरेका श्री गोलोक गोवद्र्धन गौशालाले जनाएको छ ।
बक्तृत्वकला प्रतियोगिता शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालको अध्यक्षतामा भएको थियो, भने कार्यक्रमको सञ्चालन प्रचार्य मदनमोहन अधिकारीले गरेका थिए ।