
काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेडलाई हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पोखराले दशरथ रंगशालामा वीरगञ्ज युनाइटेलाई २-१ ले हरायो ।
पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे ।
जोए आइडुले खेलको छैटौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । सुरुमा आयुष घलालने बक्सको दायाँ साइडबाट स्टेफेन एनोरलाई पास दिएका थिए । एनोरले मोसेस ग्याबाहलाई पास दिए । त्यसपछि मोसेसलले हान्ने खोजेको बल वीरगंजका खेलाडीले थोरै क्लियर गरे पनि बक्स बाहिर आइडुले भेटे र उनले कन्ट्रोल गर्दै सिधा प्रहार गरेको बलले जाली चुम्यो । वीरगञ्जका किपर दीप कार्कीले रोक्ने अवसर पाएनन् ।
त्यसको ५ मिनेट पछि नै वीरगञ्जले बराबरी गोल फर्कायो ।
सुशील लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर पहिलो हाफको अन्त्यतिर स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २-१ को अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र खेल पोखराले जित्यो ।