![](https://sajhamanch.com/wp-content/uploads/2023/11/Nepal-Super-League-1700884318.jpg)
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा शनिबार दुई खेल हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज युनाइटेड र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ।यस्तै अपराह्न ५ बजे हुने दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलाम डे मेची एफसी आमनेसामने हुनेछन्।
यसअघि शुक्रबार भएको खेलमा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो। मंसिर ८ गते शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्। प्रतियोगितामा धनगढी एफसी ११ अंकसहित शीर्ष स्थानमा छ।