२०८२ असार ५, बिहिवार , १२:१८:५१ बजे

Sajhamanch
'

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

बिहिवार, मंसिर २८, २०८०

प्युठान । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।

बिहिवार, मंसिर २८, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर