२०८२ असार ६, शुक्रवार , १२:१६:१६ बजे

Sajhamanch
'

दूरसञ्चार प्राधिकरणले गर्‍यो तीनवटा सेवा प्रदायकको अनुमतिपत्र खारेज

बिहिवार, मंसिर २८, २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा सेवा प्रदायकहरूले अनुमतिपत्र खारेज गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इ–मेल)सहितको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनीको इजाजत खारेज गरिएको हो ।

तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेका कारण युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि. र चितवन नेटवर्क प्रा.लि.को अनुमतिपत्र प्राधिकरणले खारेज गरेको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम दर्ता खारेज गरिएको प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ ।

सम्बन्धित खबर