२०८१ मंसिर १२, बुधवार , ०४:१३:३८ बजे

Sajhamanch
'

चन्द्रगढी सामुदायिक वनले हरित अर्थतन्त्रमा काम गरिरहेको दावी

बुधवार, मंसिर २७, २०८०

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २४औं साधाराणसभा आज सम्पन्न भएको छ । भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा परिषद भेलामार्फत समूहको साधारण सभा सम्पन्न गरिएको हो ।

समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

साधारण सभामा समूहको वार्षिक गतिविधिसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले लाभग्राहीका लागि कृषि तथा भेटेनरी कार्यक्रमहरूमा विशेष लगानी गरेर हरित अर्थतन्त्रका लागि काम गरिरहेको र आगामी वर्षमा पनि निरन्तर गरिरहने बताए ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, समूहका निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सव डिभिजन वन कार्यालय झापाका अधिकृत राजु खड्का, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चूडामणि मैनाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संंचालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गरेका थिए ।

सभाले आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदन गरेको छ भने वन संरक्षणका लागि स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्ने संकल्प पारित गरिएको छ ।

सम्बन्धित खबर