२०८१ फागुन १४, बुधवार , ०४:२०:४३ बजे

Sajhamanch
'

पहिलो हाफमा इलाम र वीरगन्ज बराबर

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इलामले अग्रता बनाए पनि जोगाउन भने सकेन ।

१५औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै इलामलाई अग्रतामा राखे । एनएसएलमा पहिलोपटक प्लेइङ–११ मा अवसर पाएका आशिषले सुरज बस्नेतले राइट साइडबाट निकालेको पास नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाट टप कर्नर गोल गरे । आशिषले यसअघि इलामले खेलेको पाँच खेलमा जम्मा २८ मिनेटमात्र खेल्ने समय पाएका थिए ।

२०औँ मिनेटमा इलामका ओमार थिओमको भली ‘टार्गेट’ मा रहेन । सुरजले नै गरेको क्रसमा पेनाल्टी बक्सबाट थिओमले भली प्रहार गरे पनि क्रसबार माथिबाट बाहिरिएको थियो ।

३४औँ मिनेटमा हिसन गुरुङले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काए । राइट साइडबाट सुशिल लामाको क्रसमा बक्सभित्र रहेका हिसनले ‘फर्स्ट टच’ गोल गरे ।

प्रतियोगितामा इलामको यो छैटौँ खेल हो । पाँच खेलबाट चार अंक जोडेको इलाम तालिकाको आठौँ स्थानमा छ । वीरगन्जको भने यो पाँचौ खेल हो । चार खेलबाट दुई अंक जोडेको वीरगन्ज तालिकाको नवौँ स्थानमा छ ।

वीरगन्ज आज पहिलो जितको खोजीमा छ ।