२०८२ असार ५, बिहिवार , ०८:२२:१९ बजे

Sajhamanch
'

बाल्टिनमा डुबेर जोरपाटीमा एक बालिकाको मृत्यु

बुधवार, मंसिर २७, २०८०

काठमाडौँ । गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ ।

आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।