२०८१ फागुन १५, बिहिवार , ०९:४८:३६ बजे

Sajhamanch
'

एसिया कप खेलेर यू-१९ क्रिकेट टिम आज नेपाल फर्किंदै

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । यू-१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ । नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।

नेपालले यु-१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो । जसमा तीनवटै खेलमा हार ब्योहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

सम्बन्धित खबर