२०८२ साउन २, शुक्रवार , ०५:५५:०५ बजे

Sajhamanch
'

सञ्चारकर्मी माथिको धावाविरुद्ध झापाका पत्रकारजन्य संस्थाहरु एकैठाउँ

मङ्गलवार, मंसिर २६, २०८०

बिर्तामोड । बिर्तामोड झापा डटकममा ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा साभार गरी प्रकाशन गरिएको समाचारको विषयलाई लिएर सो अनलाइनका सञ्चालक टिकाराम बाँस्तोलालाई ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापाा, प्रेस सेन्टर झापा लगायत संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड ४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएको पिडीत बाँस्तोलाले जनाएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने विकल्प हुँदाहुँदै सो प्रक्रियालाई लत्याएर सञ्चारकर्मीलाई धम्क्याएको घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्य भएर प्रेस विज्ञप्ती प्रकाशन गरी ती संस्थाहरुले जनाएका छन् ।

स्वतन्त्र पत्रकारिता माथिको यस्तो ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीकोे सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग ती पत्रकारजन्य संस्थाहरुले माग गरेका छन् ।

तीन अलग अलग प्रेस विज्ञप्तिहरुमा महासंका सचिव डिकेस लामा, प्रेस चौतारीका सचिव प्रकाश पौडेल र प्रेस सेन्टरका सचिव पुष्प खड्काले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर