![](https://sajhamanch.com/wp-content/uploads/2023/12/Purvi-Garjan-Banner-scaled.jpg)
बिर्तामोड । अनलाइन न्यूज पोर्टल पूर्वीगर्जनको विशेष अंक पूर्वी गर्जन पत्रिका मंसिर २८ गते बिहिवार सार्वजनिकिकरण गरिने भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका नेता माक्र्सवादी लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्यमा विशेषाङ्क विमोचन गरिने जनाइएको छ ।
पत्रिकामा विशेषगरी पछिल्लो समयको राजनीतिक घटनाक्रम र पूर्वी नेपालको राजनीतिक गतिविधि लगायतका विषयहरु समेटिएको कार्यकारी सम्पादक प्रविण अधिकारीले जानकारी दिएका छन्।