२०८१ कार्तिक २, शुक्रवार , ११:०३:२३ बजे

Sajhamanch
'

झम्सीखेलमा प्रहरीले चलायो गोली, एकजना पक्राउ

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । प्रहरीले ललितपुरको झम्सीखेलमा गोली हानेर मंगलबार एकजनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राई छन् । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि राईलाई गोली हानेर नियन्त्रणमा लिइएको उनले बताए ।

सम्बन्धित खबर