२०८२ असार ६, शुक्रवार , ०५:४९:३९ बजे

Sajhamanch
'

अमेरिकी डलरको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।

मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर १५ गते पनि यहि बिन्दुमा पुगेर डलरको भाउले रेकर्ड कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९८ पैसा तोकिएको छ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रूपैयाँ २३ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७१ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४३ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६० पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७६ पैसा तोकिएको छ।

सम्बन्धित खबर