२०८२ असार ६, शुक्रवार , १०:३८:०० बजे

Sajhamanch
'

सामाजिक अभियन्ता ईः आज ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने

मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं । सामाजिक अभियन्ता ईः आज ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने भएका छन् । अभियन्ता ईःले ललितपुरको सपना नमार्न अनुरोध गर्दै बिहान र साँझ फुटपाथ बजारहरू हटाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै खबरदारीका लागि १०८ मिनेट उभिने भएका हुन् ।

ईःआज दिउँसो ३ बजेदेखि महानगरअगाडि उभिनेछन् ।

“सहर भनेको कार भएकाहरूको लागि मात्र नभएर सबैका लागि हो भन्ने प्रयासलाई सबैले प्रशंसा गरिरहेका छन्,” ईःले भनेका छन् ।

उनले विस्थापन नभएर व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् । उनले कर लिएर गरी खाने वर्गलाई काम गर्न दिन सुझाएका छन् ।

मङ्गलवार, मंसिर २६, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर