
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका १० खेलाडी समावेश भएका छन् ।
पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा नेपाली रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी समावेश भएका छन् ।
जसमा सन्दीप लामिछाने, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी छन् ।
त्यसमध्ये सन्दीप प्लाटिनम र गुल्सन गोल्ड क्याटेगोरीको ड्राफ्टमा छन् । यस्तै बाँकी ८ खेलाडी सिल्भर क्याटेगोरीमा छन् ।
आगामी सिजनको पीएसएलको लागि ड्राप्ट आउने बुधबार डिसेम्बर १३ मा हुँदैछ । पीएसएल २०२४ फेब्रुअरी १३ देखि मार्च १८ सम्म हुनेछ ।
प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडी कुनै टिममा अनुबन्ध भएमा १ लाख ४८ हजार अमेरिकी डलर पाउनेछन् । यस्तै गोल्ड क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले ३७ हजार ४३५ डलर तथा सिल्भर क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १८ हजार अमेरिकी डलर पाउनेछन् ।
प्लाटिनम क्याटेगोरी : सन्दीप लामिछाने
गोल्ड क्याटेगोरी : गुल्सन झा
सिल्भर क्याटेगोरी : आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी