२०८१ फागुन १०, शनिवार , ०२:२४:०३ बजे

Sajhamanch
'

राष्ट्रियसभा निर्वाचन: एमाले, माओवादीसहित पाँच दलले दिए दर्ताको निवेदन

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति हालसम्म पाँच दलले दर्ताको निवेदन दिएका छन् । दर्ताका निम्ति आह्वान गरिएको दोस्रो दिन सोमबार दिउँसो १ः३० बजेसम्म पाँच दलले निवेदन दिएका निर्वाचन आयोगले जानकारी गराएको छ ।

दल दर्ताको निवेदन दिनेमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।

आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति आइतबारदेखि दल दर्ता सुरु गरिएको हो । दर्ताका निम्ति आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

सम्बन्धित खबर