२०८२ असार ६, शुक्रवार , ११:३८:३७ बजे

Sajhamanch
'

धनकुटामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

मृत्यु हुनेमा छथर गाउँपालिका–१, तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर विश्वकर्मा रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक छथरजोरपाटी गाउँपालिका–६ का १९ वर्षीय निर्मल कटुवालको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।

मध्यपहाडी लोक मार्गको सिधुवाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश नं–१–०२–००३ त १६६३ नम्बरको ट्रयाक्टर पाख्रीबास नगरपालिका–५, पन्चेभीरस्थितमा आइतबार बेलुका ब्रेक फेल भई सडकबाट अन्दाजी २५० मिटर तल खसेको थियो ।

सम्बन्धित खबर