२०८२ मंसिर १३, शुक्रवार , ०४:३०:४५ बजे

Sajhamanch
'

चार प्रदेशमा हिमपात, तराईमा कुहिरो र हुस्सु

सोमवार, मंसिर २५, २०८०

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।महाशाखाले तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्नसतर्कता अपनाउन सुझाव दिएको छ।

सम्बन्धित खबर

आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२
आजको मौसम
बिहिवार, मंसिर १२, २०८२