२०८१ फागुन १५, बिहिवार , ०६:२८:४७ बजे

Sajhamanch
'

अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, हेमन्तले लिए दुई विकेट

आइतवार, मंसिर २४, २०८०

काठमाडौँ । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ।

हेमन्त धामीले अफगानिस्तानका खेलाडी अक्रम मोहमदाजाईलाई बोल्ड आउट गर्दै तेस्रो विकेट लिएका हुन्।

यस अघि अफगानिस्तानको दोस्रो विकेटपनि हेमन्त धामीलेनैे लिएका थिए । उनले पाकिस्तानका खालिद तनिवाललाई गुल्सन झाद्वारा क्याच गराएका हुन्। ओपनर ब्याट्सम्यान खालिद १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए ।

त्यसैगरी पहिलो विकेट खेलको दोस्रो ओभरमा नेपालको तर्फबाट गुल्सन झाले अफगानिस्तानी खेलाडी वाफीवुल्ला तरखीललाई आउट गर्दै विकेट लिएका हुन् ।

यस अघि नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको हो। अघिल्लो खेलमा पाकिस्तानसंग हारेको नेपाललाई आजको आजको खेलमा जित्नै पर्ने दबाब छ।

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा भइरहेको छ । तीन वकेट गुमाएको अफगानिस्ताले ८ ओभरमा ३९ रन बनाउँदै खेल खेलिरहेको छ ।

सम्बन्धित खबर