कमल । झापाको कमल गाउँपालिकाले सञ्चालन गरेको कमल नगर अस्पतालले सेवा विस्तार गरेसँगै त्यसलाई व्यवस्थित गर्नका लागि आवश्यक भौतिक संरचना समेतको निर्माण सुरु गरेको छ ।
अस्पतालले अहिले आकस्मिक कक्ष र ल्यव सेवालाई सहज बनाउनका ३ कोठे पक्की भवनको निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जनाकारी दिएका छन् ।
अस्पतालमा विरामीको चाप बढ्न थालेसँगै त्यसलाई व्यवस्थित गर्दै इमरजेन्सी (आकस्मिक कक्ष) र सबै खालका ल्याव सेवालाई प्रभावकारी बनाउन नयाँ भवनबाट धेरै सहज हुने अध्यक्ष राईको भनाई छ ।
कमल नगर अस्पतालले गत फागुन १ गतेबाट स्वस्थ्य बीमा सुरु गरेको थियो । बीमाबाट सेवा दिन सुरु गरेपछि स्वस्थ्य परीक्षण गराउन आउने बिरामीको संख्यामा पनि दैनिकरुपमा वृद्धि भइरहेको स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिए ।