२०८१ फागुन १०, शनिवार , ०५:४८:१५ बजे

Sajhamanch
'

प्रधानमन्त्री भन्छन्– भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयत्न अपर्याप्त

शनिवार, मंसिर २३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण नभएको बताएका छन् । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार (आज) बिहान आयोजना गरेको कार्यक्रममा सुशासनका लागि सरकारले गरिरहेको प्रयत्न पनि पूर्ण नरहेको उनको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको उनले बताए । भ्रष्टाचार नियन्त्रण नगरेसम्म सुशासन कायम हुन नसक्ने भन्दै यसका लागि सरकार दृढ रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

भ्रष्टाचारका कारण पहिचान गरेर त्यसको अन्त्यका लागि राज्यका सबै संयन्त्रहरूले काम गर्नुपर्नेमा उनको जोड छ ।

सम्बन्धित खबर