२०८१ पौष ७, आइतवार , ०५:३८:५२ बजे

Sajhamanch
'

हिट फिल्मको पर्खाइमा सृष्टि

शनिवार, मंसिर २३, २०८०

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् ।सम्भवतः यसवर्ष सृष्टि अभिनित ‘द रेड सुटकेस’ पनि रिलिज हुनेछ । भेनिसमा प्रिमियर भएको यो फिल्मले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाइसकेको छ । यस्तोमा, शनिबारदेखि सृष्टिको नयाँ फिल्म ‘११ः५५’को छायांकन सुरु हुँदैछ ।यो क्राइम थ्रीलर फिल्मको शीर्ष भूमिकामा सृष्टि देखिनेछिन् । बिहीवार आयोजित फिल्मको पत्रकार सम्मेलनमा उनले क्राइम-थ्रीलर आफ्नो मनपर्ने जनरा भएको र यो फिल्मलाई लिएर स्पष्ट रहेको बताएकी छन् ।

उनी भन्छिन्- मलाई स्क्रिप्ट एकदमै मन परेको थियो । उहाँहरू एउटा राम्रो फिल्म बनाउने भन्ने उद्देश्य बोकेर आउनुभएको महसुस गरेँ किनकी म केही दिनदेखि वर्कशपमा छु । हामी सम्पूर्ण कलाकार के गर्दैछौँ भन्नेमा स्पष्ट छौँ । अब अगाडि के होला भन्ने जिज्ञासा बोकेर कथा पढ्ने गर्थे । मलाई क्राइम थ्रिलर फिल्म मन पर्ने भएकाले पनि यो राम्रो स्क्रिप्ट हो भन्ने बुझेकी छु । यसले दर्शकमा निकै कौतुहलता जगाउँछ र सोचेभन्दा फरक तर्फ कथा अगाडि बढ्छ ।’

सम्बन्धित खबर