२०८२ कार्तिक २६, मङ्गलवार , ०७:३६:४९ बजे

Sajhamanch
'

पाकिस्तानविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । एसिसी यू-१९ एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन रावाल, दिपेश कडेँल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा, उत्तम थापामगर।

यू-१९ स्तरमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म पाँच खेल हुँदा पाकिस्तानले चार खेल र नेपालले एक खेलमा जित निकालेका छन्।

नेपालले सन् २००२ को यू-१९ विश्वकपमा पाकिस्तानलाई ३० रनले हराएको थियो। त्यसयता खेलिएका चार खेलमा भने पाकिस्तानले लगातार जित निकालेको छ।

समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।

यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।

नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

‍नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।

सम्बन्धित खबर