
काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि शुरु दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।दुवै टिमले प्रतियोगितामा यसअघि तीनरतीन खेल खेले पनि जित निकाल्न सकेका छैनन्। एक अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ। तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौँ स्थानमा छ।
वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ। यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ।मंसिर ८ गतेदेखि शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्।