२०८२ असार ७, शनिवार , ०४:२०:२२ बजे

Sajhamanch
'

भिरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु

बिहिवार, मंसिर २१, २०८०

बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जंगवीर रोकायाले जानकारी दिए ।

घाँस काट्दै गरेका बेला भिरबाट ढुंगा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी थिइन् । भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।

बिहिवार, मंसिर २१, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर