२०८२ फागुन १५ शुक्रवार , ०२:२७:१२ बजे

Sajhamanch
'

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ।

न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो।

न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मंसिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो। अदालतले उक्त विवादमा यही मंसिर १५ गतेभित्र लिखित जवाफ माग गरी यही मंसिर १९ गते सुनुवाइका लागि पेसी तोक्ने आदेश गरेको थियो।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

मङ्गलवार, मंसिर १९, २०८० | मिडियाबाट साभार, समाज