
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक सुरु भएको छ ।
पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, अपानि ११ लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरेपनि तयारी अभावका कारण सर्ने र अर्को मिति तोक्ने नेताहरूले बताएका छन् ।