
काठमाडौं । नेपाल सुपर लिग २०२३ को शनिबार हुने पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसीको सामना गर्दैछ । त्यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो खेल यसपल्टको प्रतियोगिताको दसौं र समग्रमा ३५ औं खेल हुनेछ ।
२. झापा यसपल्टको प्रतियोगितको नवप्रवेशी रहेको हुनाले पोखरासँग पहिलो भेट हुनेछ ।
३. पोखराले दुई खेल खेलेको छ र अहिलेसम्म अपराजित छ । एक जित र एक बराबरीसहित उसको चार अंक छ र लिग तालिकाको चौथो स्थानमा छ । पोखराले चितवन एफसीलाई १–० ले हराएयता ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
४. यी पछिल्ला दुवै खेलमा पोखराले ‘क्लिन सिट’ राखेको छ ।
५. झापाले अहिलेसम्म एकै खेल मात्र खेलेको छ र विना कुनै अंक सातौं स्थानमा छ । झापा आफ्नो पहिलो डेब्यु खेलमा स्पोर्टिङ इलामसँग १–० ले पराजित भएको थियो ।
६. समग्रमा पोखराले प्रतियोगितामा आठ खेल खेलेको छ र पछिल्ला तीन खेलमा अपराजित रहेको छ । ती खेलमध्ये पोखराको तीन जित, तीन बराबरी र दुई हार रहेको छ ।