२०८१ माघ २३, बुधवार , ११:४५:०७ बजे

Sajhamanch
'

मध्यपहाडी लोकमार्ग विशेष अभियान : आज सिलगढीमा सभा गर्दै एमाले

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा सभा हुँदै छ । अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्ने पूर्वनिर्धारित कार्ययोजना छ ।बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गरिएको थियो ।

तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ । एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।

सम्बन्धित खबर